कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

फुजीमा आयलको लुब्रिकेन्टस प्रयोग गर्दा समस्या आए कम्पनीले क्षतिपूर्ति दिने

विनोद भण्डारी

विराटनगर — फुजीमा आयल कम्पनी विराटनगरले आफ्नो उत्पादन लुब्रिकेन्टस र ग्रिज प्रयोग गर्दा साधनमा गडबडी देखिए बीमा मार्फत क्षतिपूर्ति दिने भएको छ । कम्पनीले अढाई दशकदेखि कन्ट्रोल लुब्रिकेन्ट्स, म्याजिक प्लस लुब्रिकेन्ट्स र रोयल लुब्रिकेन्टस्का नाममा २ सय १० प्रकारका इन्जिन आयाल र ग्रिज उत्पादन गर्दै आएको छ ।

फुजीमा आयलको लुब्रिकेन्टस प्रयोग गर्दा समस्या आए कम्पनीले क्षतिपूर्ति दिने

ती उत्पादन प्रयोग गरेर इन्जिनमा समस्या आएको पुष्टि भएमा कम्पनीले बीमा मार्फत क्षतिपूर्ति दिने कम्पनीका प्रबन्ध निर्देशक सुवोध कोइरालाले बताए ।

कोइरालाले लुब्रिकेन्टस र ग्रिज उत्पादन कम्पनीले दिने यस्तो क्षतिपूर्ति मुलुकमा पहिलो भएको दावी गरे । कम्पनीले आफैले ल्याव प्रयोगशालाको व्यवस्था गरेको र ल्याब परीक्षण निशूल्क गरिने कोइरालाले बताए । कम्पनीले वार्षिक एक करोड बराबरको क्षतिपूर्ति दिने बताउँदै कोइरालाले भने ‘अढाई दशकको अवधिमा एउटा पनि गुनासो आएको छैन र अब आए बीमा मार्फत क्षतिपूर्ति दिने व्यवस्था गरिएको हो ।’

मुलुकमा वार्षिक २० अर्ब भन्दा बढीको लुव्रिकेन्टस र ग्रिज खपत हुँदै आएको छ । खपतको करिव ६५ प्रतिशत बजार विदेशी लुव्रिकेन्टस र ग्रिजले ओगट्दै आएको कोइरालाले बताए । स्थानीय उत्पादनको बजार ३५ प्रतिशत मात्र छ ।उनले भने ‘स्थानीय उत्पादनलाई विश्वास गरे विदेशी उत्पादनलाई विस्थापीत गर्न सकिन्छ । स्थानीय उत्पादन निकासी योग्य गुणस्तर छन् ।’ तर उपभोक्ता अझैपनि विश्वस्त हुन नसक्दा विदेशी आयातले नै बजार ओगट्दै आएको कोइरालाको गुनासो छ ।


प्रकाशित : कार्तिक ९, २०७८ १७:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?