१०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

सुनको मूल्य मंगलबार पनि बढ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — विगत तीन दिनयता सुनको मूल्य निरन्तर उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ सय रुपैयाँले सुनको मूल्य बढेको हो । यसअघि आइतबार ४ सय र सोमबार ३ सयले मूल्य बढेको थियो ।

सुनको मूल्य मंगलबार पनि बढ्यो

मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ पुगेको छ । चाँदी भने हिजोकै मूल्यमा कारोबार भएको छ । प्रतितोला १ हजार २६५रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।


प्रकाशित : कार्तिक ९, २०७८ ११:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अतिरिक्त भत्ता स्वत: नपाए त्रिवि ठप्प पार्ने कर्मचारीहरूको धम्कीलाई के भन्नुहुन्छ ?