डिडिसीका महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेश रोक

कान्तिपुर संवाददाता

काठमाडौँ — दुग्ध विकास संस्थानको व्यवस्थापनले कर्मचारीको हकहितबारे आलटल र अनियमिततालाई प्रोत्साहन गरेको भन्दै कर्मचारीहरु विरोधमा उत्रिएका छन् । नेपाल दुग्ध विकास संस्थान कर्मचारी संघको अगुवाईमा विरोधमा उत्रेका कर्मचारीहरुले महाप्रबन्धक रुद्र पौडेल र सहमहाप्रबन्धक राजेन्द्र प्रसाद अधिकारीलाई कार्यालय प्रवेशमा रोक लगएका छन् ।

डिडिसीका महाप्रबन्धक र उपमहाप्रबन्धकलाई कार्यालय प्रवेश रोक

‘कर्मचारीहरुले उठाएका माग नयाँ होइन, २०७७ मंसिर २ गते २० सुत्रीय माग राखेका थियौं । संस्थान सुधार, कर्मचारीको हकहितदेखि अनियमितता रोक्न माग गरिए पनि कार्यान्वयन भएन,’ संघका महासचिव आयुव अली खानले भने, ‘पछिल्लो समय ५५ दिनको समय दिएका थियौँ । कार्यान्वयन नभएपछि कात्तिक २ गतेदेखि प्रवेशमा रोक लगाएका छौँ ।’

खानले संचालक समिति, ट्रेड यूनियन, श्रम कार्यालय, कृषि मन्त्री, गृह मन्त्रालय र प्रधानमन्त्री कार्यालयलाई जानकारी गराएर प्रवेशमा रोक लगाएको बताए । डिडिसीका महाप्रबन्धक पौडेलले कर्मचारीसँग वार्ता गरेर टुङ्ग्याइने बताए । ‘केन्द्रीय कार्यालयमा प्रबेश रोक लगाएपछि दुई/तीन दिनदेखि बालाजु प्लान्टबाट काम भइरहेको छ,’ उनले भने, ‘वार्ताकै माध्यमबाट टुङ्गो लगाउँछौँ ।’


प्रकाशित : कार्तिक ८, २०७८ १३:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?