कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई दिनमा प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

कान्तिपुर संवाददाता

काठमाडौँ — दुई दिनमा सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले महँगिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार तोलामा ४ सय रुपैयाँ मूल्य बढेको सुन सोमबार थप ३ सय बढेको हो ।

दुई दिनमा प्रतितोला ७ सयले बढ्यो सुनको मूल्य

सोमबार छापावाल सुनको मूल्य तोलामा ९२ हजार ४ सय रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुनको मूल्य ९१ हजार ९ सय रुपैयाँ कायम भएको छ । त्यस्तै चाँदीको मूल्य दुई दिनमा तोलामा १५ रुपैयाँले बढेको छ । आइतबार १० र सोमबार ५ रुपैयाँ प्रतितोला मूल्य बढेर १ हजार २६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रकाशित : कार्तिक ८, २०७८ ११:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?