सेयर बजारको परिसूचक २७ अंकले बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७.५ अंकले बढेको छ । सो अंकको वृद्धिसँगै परिसूचक २५८४ अंकमा कायम भएको छ । यस दिन कारोबार रकम भने ३ अर्ब पनि पुगेन । कुल २ अर्ब ७७ करोड रुपैयाँको सेयर किनबेच भएको छ । 

सेयर बजारको परिसूचक २७ अंकले बढ्यो 

ब्यापार उपसमूह २० अंकले घट्यो । सोबाहेक अरु सबै उपसमूह बढेका छन् । बैंकिङ ६, होटल तथा पर्यटन ४३, विकास बैंक ७२, जलविद्युत ६५, फाइनान्स ८९, निर्जीवन बीमा ३९ र जीवन बीमा उपसमूह ६७ अंकले बढे । त्यस्तै उत्पादन १०५, अन्य ५५ र लघुवित्त उपसमूह ५३ अंकले बढे ।

कुल १५० कम्पनीको मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ । त्यस्तै ६ कम्पनीको मूल्य स्थिर रह्यो । दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बेस्ट फाइनान्स र रिडी हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको हो । मेरो माइक्रोफाइनान्सको मूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १५:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?