कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

भारतीय कम्पनीको 'पाइरिमाइड' औषधिको विक्री-वितरणमा रोक

अनुगमनमा कमसल रहेको भेटिएपछि म्याद गुज्रिनु २ महिना अघि रोक
कान्तिपुर संवाददाता

काठमाडौँ — औषधि व्यवस्था विभागले भारतीय कम्पनीले उत्पादन गर्दै आएको न्यून गुणस्तरको एक औषधिमाथि प्रयोग तथा बिक्री वितरणमा रोक लगाएको छ ।

भारतीय कम्पनीको 'पाइरिमाइड' औषधिको विक्री-वितरणमा रोक

विभागले शनिबार सूचना प्रकाशित गर्दै सिक्किमको कुम्रेक, रेंगपोस्थित अल्केम लेब्रोरेटोरिज लिमिटेड कम्पनीले उत्पादन गर्दै आएको ‘पाइरिमाइड (निमेसुलाइड) ’ नामक औषधि सिफारिस, विक्री वितरण र प्रयोग गर्न रोक लगाएको हो । यो दुखाइ कम गर्नका लागि प्रयोग हुने औषधि हो ।

‘अनुगमनको क्रममा संकलन गरिएका औषधिको नमुना परीक्षण गर्दा न्यून गुणस्तर भएको पाइएकाले औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरणमा रोक गरी बजारबाट फिर्ता (रिकल) गर्नुपर्नेछ,’ विभागको सूचनामा भनिएको छ, ‘उक्त औषधिको विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा आयातकर्ता र तिनका प्रतिनिधिहरुलाई जानकारी गराइन्छ ।’

दुई वर्षअघि उत्पादन गरिएकोको ब्याच नम्बर १९१३००७० को औषधिको अब दुई महिनामा म्याद गुज्रिन लागेको थियो ।

प्रकाशित : कार्तिक ७, २०७८ १४:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?