सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो 

कान्तिपुर संवाददाता

काठमाडौँ — सुनको मूल्य आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको मूल्यअनुसार आइतबार छापावालको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएको छ ।

सुनको मूल्य तोलामा ४ सय रुपैयाँ बढ्यो 

तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिनको तुलनामा ४ सय रुपैयाँ बढी हो ।त्यस्तै चाँदीको मूल्य पनि यस दिन प्रतितोला १० रुपैयाँले बढेको छ । सो मूल्य बढेसँगै आइतबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार २ सय ६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।


प्रकाशित : कार्तिक ७, २०७८ १२:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?