कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

वर्षाले बन्द गरायो औद्योगिक क्षेत्रका उद्योग, अर्बौं रुपैयाँको क्षति पुगेको उद्योगीको दाबी

कान्तिपुर संवाददाता

विराटनगर — बेमौसमी बाढीले सुनसरी–मोरङ औद्योगिक करिडोरमा अर्बौं रुपैयाँ बराबरको क्षति पुगेको उद्योगीहरूले गुनासो गरेका छन् । उद्योगमा बाढी पसेको र विद्युत् आपूर्ति ठप्प हुँदा करिडोरका सबै उद्योग चार दिनदेखि बन्द रहेको उनीहरूको भनाइ छ ।

उद्योगमा बाढी पसेर कच्चा पदार्थ र तयारी वस्तु नष्ट हुँदा प्रत्येकजसो उद्योगमा एक करोड रुपैयाँभन्दा बढीको क्षति पुगेको उद्योगीहरूको आकलन छ । धेरैजसो उद्योगमा पसेको पानी फाल्ने काम भइरहेको र क्षतिको मूल्यांकन गर्न बाँकी रहेको मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडाले बताए । नेपाल विद्युत् प्राधिकरणको दुहवी ग्रिडको सेक्सनमा पानी जमेपछि मंगलबार साँझदेखि बिहीबार अपराह्नसम्म करिडोरमा विद्युत् आपूर्ति ठप्प थियो । उद्योगमा विद्युत् आपूर्ति बन्द भएसँगै बाढी पस्यो ।

करिडोरमा साना–ठूला गरी पाँच सयभन्दा बढी उद्योग छन् । तीमध्ये इटहरी, खनार, दुहवी, हात्तीमुढा र कटहरी क्षेत्रका सबै उद्योग डुबानमा परेका हुन् । उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले भने क्षतिको यकिन गर्न नसकिएको प्रतिक्रिया दिए ।

प्रकाशित : कार्तिक ५, २०७८ २२:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?