१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

रासस

काठमाडौँ — न्यादी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँट गरेको छ । कम्पनीको धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा शुक्रबार आईपीओ बाँडफाँट गरिएको हो ।

न्यादी हाइड्रोपावरको आईपीओ बाँडफाँट

कम्पनीले निष्कासन गरेको आईपीओमा कुल २२ लाख ५५ हजार ८४ जनाले आवेदन दिएका थिए । तीमध्ये १३ हजार ९४६ जनाको आवेदन रद्द भएको र बाँकी २२ लाख ४१ हजार १३८ योग्य आवेदकमध्ये २ लाख ९ हजार २५० आवेदकलाई १० कित्ताका दरले सेयर बाँडफाँट गरिएको क्यापिटलले जनाएको छ ।

कम्पनीले प्रतिकित्ता रू. १०० अंकित मूल्यमा २२ करोड ५० लाखबराबरका २२ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासनमा ल्याएको थियो । निष्कासित सेयरमध्ये पाँच प्रतिशत अर्थात् १ लाख १२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषलाई र दुई प्रतिशत अर्थात् ४५ हजार कित्ता सेयर कर्मचारीलाई बाँडफाँट गरी बाँकी २० लाख ९२ हजार ५ सय कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिएका थिए ।

कम्पनीले हाल लमजुङको मर्स्याङ्दी गाउँपालिकामा कुल ३० मेगावाट क्षमताको न्यादी जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजना निर्माणको कुल अनुमानित लागत छ अर्ब ११ करोड ७७ लाख ५५ हजार ५५ र प्रतिमेगावाट लागत निर्माण अवधिको ब्याजसहित रू. २० करोड ३९ लाख २५ हजार १८६.५ हुने कम्पनीले जनाएको छ ।

बाँटफाँटको नतिजा सम्बन्धित कम्पनी, बिक्री प्रबन्धक र सीडीएस एन्ड क्लियरिङ लिमिटेडको बेवसाइट (मेरो सेयर) मार्फत हेर्न सकिने कम्पनीले जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७८ १२:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?