कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पुसबाट सञ्चालनको तयारीमा रहेको इनरुवा सबस्टेसन डुब्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — आगामी पुसबाट संचालनको तयारीमा रहेको नेपाल विद्युत् प्राधिकरणको इनरुवा सबस्टेसन डुबानमा परेको छ ।

पुसबाट सञ्चालनको तयारीमा रहेको इनरुवा सबस्टेसन डुब्यो

निर्माणको अन्तिम चरणमा रहेको सबस्टेसनलाई आगामी पुसभित्रमा २२० केभीमा र चैतसम्ममा ४०० केभीमा चार्ज गर्ने तयारीमा रहेको आयोजना प्रमुख शुक्र देवकोटाले जानकारी दिए ।

सुनसरी खोलामा आएको बाढी मंगलबार रातिदेखि सबस्टेसनमा पसेको थियो । बुधबार बेलुकासम्ममा डुबान क्षेत्रमा जान नसकिएको र कति क्षति भयो भन्ने आँकलन गर्न नसकिएको देवकोटाले बताए । कोशी करिडोरको विद्युत् जोड्ने गरी यो सबस्टेसन निर्माण गरिएको थियो । २२० केभीका लागि ९० करोड र ४०० केभीका लागि १ अर्ब ७० करोड रुपैयाँ बराबर लागत रहेको छ । आयोजनामा कति क्षति भयो भन्ने विवरण भने आउन सकेको छैन । ‘मेसिनलगायत संरचनाहरु अग्लो ठाउँमा भएकाले कम क्षति भएको छ । तर केहि सामानहरु बाढीले बगाएको छ,’ आयोजना प्रमुख देवकोटाले भने ।

बाढीले सबस्टेसनको कम्पाउण्ड पर्खाल बगाएको छ । बाढीले केही उपकरणहरु बगाएको र कार्यालय भवनसमेत डुवानमा परेको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । ‘अहिले सबस्टेसनभित्र खोला बगिरहेकोले क्षति पुऱ्याइरहेको छ, सबस्टेसन तालमा परिणत भएको छ, त्यहाा रहेका कर्मचारी र श्रमिकहरुलाई सुरक्षाकर्मीको सहयोगमा डुंगामार्फत सुरक्षित स्थानमा सारिएको छ’, घिसिङले भने ।

४०० केभी र २२०/१३२/३३ केभी सबस्टेसनका अधिकांश सिभिल संरचनाको निर्माण सम्पन्न भइसकेको छ । साथै आवश्यक पर्ने ट्रन्सफर्मर, रियाक्टर सर्किट ब्रेकरजस्ता मुख्य उपकरणहरु निर्माणस्थलमा ल्याइसकिएको थियो । बाढीका कारण सबै डुवानमा परेकाले उपकरणहरुमा क्षति पुगेको छ ।


प्रकाशित : कार्तिक ३, २०७८ १६:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?