७७ अंकले घट्यो नेप्से, सबै समूहमा गिरावट

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार सेयर बजारको परिसूचक नेप्से ७७.३३ अंकले घटेको छ । सो अंकको गिरावटसँगै परिसूचक २५१० अंकमा कायम भएको छ ।

७७ अंकले घट्यो नेप्से, सबै समूहमा गिरावट

यसअघि हिजो सोमबार ६९ अंकले घटेको थियो । यस दिन ३ अर्ब ७८ करोड रुपैयाँको सेयर किनबेच भएको छ । हिजो २ अर्ब ९६ करोडको कारोबार भएको थियो ।

यस दिन सबै समूहमा गिरावट आएको छ । बैंकिङ ५१, विकास बैंक १९४, फाइनान्स ११२, होटल तथा पर्यटन ८८, जलविद्युत ११७, लगानी २, जीवन बीमा ४२८, उत्पादन १७५, माइक्रोफाइनान्स १३५, निर्जीवन बीमा ३१४, अन्य ३३ र ब्यापार समूह ५१ अंकले घटे ।

७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७८ कम्पनीको मूल्य घटेको छ । २ कम्पनीको मूल्य भने स्थिर रह्यो । नेपाल हाइड्रो डेभलपर्स र नेसनल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९ प्रतिशत धेरैले घट्यो ।


प्रकाशित : कार्तिक २, २०७८ १५:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?