२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

नेप्सेमा गिरावट जारी : साढे १२ बजेसम्म ७३ अंक घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — मंगलबार पनि सेयर बजारमा ठूलो अंकको गिरावट आएको छ ।

नेप्सेमा गिरावट जारी : साढे १२ बजेसम्म ७३ अंक घट्यो

कारोबार सुरु भएदेखि नै घटेको बजार १२: ३० बजेसम्म ७२.९ अंकले घटेको हो । यसअघि हिजो सोमबार बजार बन्द हुँदा ६९ अंकले घटेको थियो ।

आज साढे १२ बजेसम्म १७७ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको मात्रै बढेको छ । साढे १ घण्टासम्म कुल १ अर्ब २४ करोड रुपैयाँको सेयर किनबेच भएको छ । ब्यापार बाहेक सबै समूह राताम्मे भएका छन् ।


प्रकाशित : कार्तिक २, २०७८ १२:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?