युवालाई उद्यमी बनाउन वालिङ नगरले दियो २० जनालाई ५०/५० हजार अनुदान

कान्तिपुर संवाददाता

काठमाडौँ — कोरोना महामारीबाट प्रभावित युवालाई उद्यमी बनाउने उद्देश्यसहित स्याङ्जाको वालिङ नगरपालिकाले जनही ५० हजार रुपैयाँ अनुदान वितरण गरेको छ ।

युवालाई उद्यमी बनाउन वालिङ नगरले दियो २० जनालाई ५०/५० हजार अनुदान

उद्यमशीलता तथा नवप्रवर्तन कोषमार्फत ‘स्टार्टअप’ का रूपमा अनुदान दिइएको हो । यूएनडीपी र नगरपालिकाको आर्थिक सहयोगमा स्थापित कोभिड–१९ उद्धार कोषबाट २० जनालाई अनुदान वितरण गरिएको नगरपालिकाले जनाएको छ ।

विदेश वा स्वदेशमै कोरोनाका कारण प्रभावित वालिङवासीलाई उद्यमशीलतातर्फ लाग्न अभिप्रेरित गर्ने उद्देश्यले सहयोग गरिएको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।

‘व्यवसाय वा उद्यम गर्न चाहनेले नगरपालिकामा आर्थिक सहयोग मागेको आधारमा सहयोग गर्ने नीति बनाएका छौं,’ खाणले भने, ‘कोषको आकार सानो छ । आगामी दिनमा कोष वृद्धि गर्दै जाने र अझै धेरैलाई समेट्दै जाने तयारीमा छौं ।’ विशेषगरी उत्पादन तथा नवप्रवर्तनका सोच राख्ने युवायुवतीलाई उक्त कोषमार्फत अनुदान उपलब्ध गराउने उनले बताए ।


प्रकाशित : कार्तिक १, २०७८ १५:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?