३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

रासस

काठमाडौँ — नेपाली बजारमा सोमबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ तोकिएको छ । छापावाल सुन दसैंअघि गत असोज २५ गते प्रतितोला ९० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ

नेपाल सुनचाँदी व्यवसायी महासंले अन्तरराष्ट्रिय बजार मूल्यका आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्ने गर्छ । महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार सोमबार तेजाबी सुन प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुनेछ जुन गत सोमबार प्रतितोला ९० हजार १ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघले चाँदीको सोमबारको कारोबार मूल्य प्रतितोला एक हजार २२५ तोकेको छ । चाँदी गत सोमबार प्रतितोला एक हजार १८० मा कारोबार भएको थियो ।

प्रकाशित : कार्तिक १, २०७८ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?