१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

गुण एयरलाइन्सको काठमाडौं-विराटनगर उडान सुरु

कान्तिपुर संवाददाता

काठमाडौँ — गुण एयरलाइन्सले ३0 सिटको जेट्स्ट्रिम जहाजद्वारा आजबाट विराटनगरका लागि नियमित उडान सुरु गरेको छ  । 

गुण एयरलाइन्सको काठमाडौं-विराटनगर उडान सुरु

आफ्ना दुईवटा अमेरिकी बिचक्राफ्ट र थप गरिएको बेलायती पाँच वटा जेट्स्ट्रिमसहित कुल सात वटा विमानबाट उडान थाल्ने क्रममा गुण एयरलाइन्सले यसअघि भरतपुर, पोखरा , तुम्लिङटार भैरहवा र नेपालगन्जमा भने नियमित उडान सुरु गरिसकेको छ।

गुण एयरलाइन्सका प्रवक्ता एवम बजार प्रमुख प्रज्वल थापाका अनुसार थप अन्य गन्तव्य सिमरा र सुर्खेतका लागि केही दिनमै उडान भर्नेगरी तयारी गरिएको छ।

प्रकाशित : आश्विन ३०, २०७८ ०७:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?