१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार रकम घट्यो

रासस

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक सोमबार पनि दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक २३.१९ अङ्कले घटेर दुई हजार ६३९.३७ मा ओर्लिएको छ ।

ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.५६ अङ्कले ओरालो लागेर ४९४.२२ मा झरेको छ । नेप्सेको ओरालो यात्रासँगै कारोबार रकम पनि घटेको छ । कूल २१९ कम्पनीको ९३ लाख १४ हजार ७८० कित्ता शेयर तीन अर्ब ६३ करोड ९४ लाख ६८ हजार ९३ मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका १३ उपसमूहमध्ये सोमबार दुई उपसमूहको शेयर उकालो लाग्यो भने ११ उपसमूहको शेयर ओरालो लाग्यो । सामूहिक लगानी कोष ०.०६ र लगानी ०.९१ विन्दुले उकालो लाग्यो । बैंकिङ १६.२५, व्यापार ६४.४९, होटल तथा पर्यटन १८.६३, जलविद्युत् ३२.९३, वित्त ४२.७५, निर्जीवन बीमा ७८.९६, उत्पादन १८.१६, अन्य ३७.५२, लघुवित्त ६७.५८, जीवन बीमा ४१.०६ विन्दुले ओरालो लाग्यो ।

कारोबारका आधारमा नबिल बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको १७ करोड १३ लाख ८५ हजार ३१८ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी १६ करोड ९२ लाख ४१ हजार ३१७, महालक्ष्मी विकास बैंक १२ करोड ४३ लाख ७६ हजार ४८, नेपाल पूर्वाधार बैंक ११ करोड ६७ लाख २८ हजार ७८४ र नेपाल बैंक १० करोड ५० लाख ६१ हजार बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा ग्लोबल आइएमई समुन्नत स्किम एक ९.९०, सानिमा लाइफ इन्स्योरेन्स ७.८८, नेपाल पूर्वाधार बैंक ५.०९, कुमारी इक्विटी फण्ड ३.३८ र हिमालय डिस्टिलरीका लगानीकर्ताले २.९१ प्रतिशतले कमाए ।

महालक्ष्मी विकास बैंक ८.७६, रैराङ हाइड्रोपावर ८.२९, छ्याङदी हाइड्रोपावर ७.४३, मल्टिप्रपोज फाइनान्स कम्पनी ५.२० र माउण्टेन हाइड्रो नेपालका लगानीकर्ताले ४.६९ प्रतिशतले गुमाए ।

प्रकाशित : आश्विन २५, २०७८ १८:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?