औद्योगिक प्रयोगका लागि प्लास्टिक आयात खुला

नुमा थाम्सुहाङ

काठमाडौँ — वन तथा वातावरण मन्त्रालयले प्लास्टिकजन्य कच्चा पदार्थमा लगाएको रोक खुला गर्ने निर्णय गरेको छ  । भदौको २८ मा प्रकाशित गरिएको निर्णयलाई खारेज गरि असोज १८ गते राजपत्रमा नयाँ सूचना प्रकाशन गर्दै औद्योगिक प्रयोजनका कच्चा पदार्थ आयात खुला गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले बताए ।

औद्योगिक प्रयोगका लागि प्लास्टिक आयात खुला

‘वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा (६) को अधिकार प्रयोग गर्दै औद्योगिक कच्चा पदार्थ वा अर्ध तयारी कच्चा पदार्थको रुपमा प्रयोग हुने प्लास्टिकजन्य कच्चा पदार्थको आयातमा रोक लगाइएको छैन,’ संशोधित राजपत्रमा भनिएको छ, ‘यसबाहेक चालिस माइक्रोन भन्दा पातलो प्लास्टिकको झोला वा अन्य प्लास्टिकको झोला वा अन्य प्लास्टिकको उत्पादन, आयात, विक्री वितरण र प्रयोगमा रोक लगाउने निर्णय गरेको छ ।’

प्रकाशित : आश्विन २२, २०७८ १६:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?