१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

महिला उद्यमीहरूको व्यापार मेला सुरू 

नुमा थाम्सुहाङ

काठमाडौँ — महिला उद्यमीहरूको व्यापार मेला सुरू भएको छ । नेपाल महिला चेम्बरले बुधबारदेखि दसैं र तिहार व्यापार मेला २०२१ सुरू गरेको हो । 

महिला उद्यमीहरूको व्यापार मेला सुरू 

कोभिड-१९ का कारण सुस्ताएको व्यवसायलाई बढाउन मेलाले सहयोग पुर्‍याउने महिला चेम्बरका अध्यक्ष उर्मिला श्रेष्ठलले बताइन् ।

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मेलाले महिला उद्यमीहरूलाई हौसला दिएको बताए ।

मेलामा नेपालमा उत्पादित कृषि, कपडा, मैन बत्ती र अन्य उपभोग्य वस्तुहरू प्रदर्शनीमा छन् । मेला राजधानीमा रहेको कमलपोखरीस्थित सिटिसेन्टरमा १५ दिनसम्म चल्नेछ ।

प्रकाशित : आश्विन १३, २०७८ १३:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?