३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेप्सेमा ७३ अंकको गिरावट, सवा ५ अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — सेयर कारोबार मापक नेप्से परिसूचक सोमबार ७३.०५ अंकले घटेर २ हजार ६ सय ८५.४२ विन्दुमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा यो २.६५ प्रतिशतले कम हो ।

नेप्सेमा ७३ अंकको गिरावट, सवा ५ अर्बको सेयर कारोबार

आइतबार करिब ६१ अंकले घटेको नेप्सेले सोमबार पनि सोही प्रवृत्ति पछ्याएको हो । सो दिन कारोबारमा आएका सबै उपसमूहको परिसूचक घटेपछि नेप्सेमा दबाब परेको हो ।

दिनभरको कारोबारमा करिब ५ अर्ब १२ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि घटेको हो । गत साताका पछिल्ला तीन कारोबार दिनमा भने नेप्से बढेको थियो ।

प्रकाशित : आश्विन ११, २०७८ १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?