दुई बजेसम्म ४२ अंकले घट्यो नेप्से, ४ अर्बको सेयर कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला तीन कारोबार दिन उकालो लागेको नेप्से आइतबार पुन: ओरालो लागेको छ । यही क्रममा दिउँसो २ बजेसम्म नेप्से करिब साढे ४२ अंकले घटी सकेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो करिब साढे १ प्रतिशतले कम हो ।

दुई बजेसम्म ४२ अंकले घट्यो नेप्से, ४ अर्बको सेयर कारोबार

आइतबार बजार खुले देखि नै नेप्से घट्न थालेको हो । सोही क्रममा दिउँसो २ बजेसम्म करिब ४२ अंकको गिरावट सहित २ हजार ७ सय ७७.२३ अंकमा ओर्लेको छ । त्यतिबेला सम्म सेयर बजारमा ४ अर्ब १९ करोड रुपैयाँ बराबरको सेयर करोबार भएको छ । सेयर कारोबारका लागि अब १ घण्टा मात्र बाँकी छ । पछिल्लो समयमा गिरावट दरमा भने कमी आइरहेको छ ।

प्रकाशित : आश्विन १०, २०७८ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?