२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

सुनको मूल्य पाँच सयले घट्यो

पाल्पा — नेपाली बजारमा बिहीबार सुनको मूल्य पाँच सय रुपैयाँले घटेको छ । बुधबार ९० हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज रु ८९ हजार ६ सय तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांकअनुसार तेजाबी सुन बुधबार प्रतितोला ८९ हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो । 

सुनको मूल्य पाँच सयले घट्यो

महासंघका अनुसार चाँदीको मूल्य बुधबारका तुलनामा आज प्रतितोला १० रुपैयाँले घटेको छ । चाँदी बुधबार प्रतितोला एक हजार १ सय ६५ मा कारोबार भएको थियो भने आज प्रतितोला एक हजार १ सय ५५ रुपैयाँ तोकिएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासंघले सुन तथा चाँदीको मूल्य निर्धारण गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७६४ दशमलव आठ अमेरिकी डलरमा कारोबार भइरहेको जनाइएको छ ।

प्रकाशित : आश्विन ७, २०७८ ११:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?