३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

विकास बैंकमा पनि निक्षेप संकलनभन्दा कर्जा वृद्धि दोब्बर

काठमाडौँ — वाणिज्य बैंकहरूमा जस्तै विकास बैंकहरुमा पनि निक्षेप संकलनको तुलनामा कर्जा प्रवाह दर उच्च देखिएको छ । विकास बैंकहरूको साप्ताहिक निक्षेप संकलन र कर्जा प्रवाहको तथ्यांकले यस्तो देखाएको हो ।

विकास बैंकमा पनि निक्षेप संकलनभन्दा कर्जा वृद्धि दोब्बर

जसअनुसार गत साता मात्र विकास बैंकहरूले थप २ अर्ब ४८ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । सोही अवधिमा ती विकास बैंकहरूको थप कर्जा प्रवाह ५ अर्ब ५१ करोड रुपैयाँ छ । गत साता विकास बैंकहरूको कूल निक्षेप ०.५५ प्रतिशतले बढेको छ भने कूल कर्जा प्रवाह १.३९ प्रतिशतले बढेको डेभलपमेन्ट बैंकर्स एसोसिएसनले जनाएको छ ।

गत शुक्रबारसम्म विकास बैंकहरूको कूल निक्षेप ४ खर्ब ५१ अर्ब ८१ करोड रुपैयाँ छ । अघिल्लो साताको अन्त्यमा यस्तो निक्षेप ४ खर्ब ४९ अर्ब ३३ करोड रुपैयाँ थियो ।

यस्तै, गत सातासम्म ४ खर्ब २ अर्ब ४० करोड रुपैयाँ रहेको विकास बैंकहरुको कूल कर्जा प्रवाह अघिल्लो साताको अन्त्यसम्म ३ खर्ब ९६ अर्ब ८८ करोड रुपैयाँ थियो ।

गत असारसम्म नेपालमा राष्ट्रिय र क्षेत्रीय स्तरका गरी १८ वटा विकास बैंक छन् । तीमध्ये १५ वटाको विवरण मात्र यहाँ समावेश गरिएको एसोसिएसनले जनाएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १७:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?