१:१८ बजेसम्म नेप्से १०५ अंकले बढ्यो, ३ अर्ब ५१ करोडको कारोबार- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१:१८ बजेसम्म नेप्से १०५ अंकले बढ्यो, ३ अर्ब ५१ करोडको कारोबार

कान्तिपुर संवाददाता

काठमाडौँ — बुधबार सुरु देखि नै उकालो लागेको नेप्से १ः१८ बजेसम्म १०५ अंकले बढेर २ हजार ८ सय १७ विन्दुमा पुगेको छ । मंगलबार दोहोरो अंकले बढेर बन्द भएको नेप्सेले बुधबार पनि सोही प्रवृत्ति पछ्याएको छ ।

अघिल्ला चार कारोबार दिनमा करिब साढे २ सय अंकले घटेको नेप्सेमा मंगलबार दोहोरो अंकले बढेको हो ।

नेप्से बढेपनि कारोबार रकममा भने खासै सुधार आएको छैन । करिब सवा १ बजेसम्म ३ अर्ब ५१ करोड रुपैयाँको मात्र सेयर किनबेच भएको छ ।

प्रकाशित : आश्विन ६, २०७८ १३:२३
प्रतिक्रिया
पठाउनुहोस्

महाधिवेशन नजिकिएसँगै कांग्रेस उपसभापति गच्छदार 'सार्वजनिक' हुँदै

१४औँ महाधिवेशनबारे धारणा सार्वजनिक गर्ने
कान्तिपुर संवाददाता

काठमाडौँ — बालुवाटार जग्गा प्रकरणमा मुछिएपछि लामो समय गुमनाम बसेका कांग्रेस उपसभापति विजयकुमार गच्छदार बुधबार सार्वजनिक हुँदैछन् । गच्छदारले तीनकुनेको एक होटलमा पत्रकार सम्मेलन गरेर आफू राजनीतिमा सक्रिय रहेको जानकारी गराउन लागेका हुन् । 

०७६ को २२ माघमा बालुवाटार जग्गा प्रकरणमा आफूविरुद्ध मुद्दा चलेपछि गच्छदार सार्वजनिक कार्यक्रममा देखिएका छैनन् । ‘उहाँले आफूलाई सबैले गुमनाम भयो भनेकाले सार्वजनिक हुन खोज्नुभएको हो । वर्तमान राजनीतिक घटनाक्रम र पार्टीको महाधिवेशनका विषयमा उहाँले धारणा राख्नुहुन्छ,’ उनीनिकट नेता योगेन्द्र चौधरीले भने ।

०७४ को चुनावअघि फोरम लोकतान्त्रिकलाई कांग्रेसमा समाहित गराएका गच्छदारलाई कांग्रेस सभापति शेरबहादुर देउवाले एक वर्षपछि उपसभापति बनाएका थिए । स्रोतका अनुसार आगामी महाधिवेशनमा गच्छदार पुन: उपसभापतिमै लड्ने तयारीमा छन् । ‘आफू कसरी अघि बढ्ने ? भन्ने बारेमा धारण सार्वजनिक गर्ने हो । महाधिवेशनका विषयमै धारण राख्नुहुन्छ,’ नेता चौधरीले थपे ।

कांग्रेस संसदीय दलको उपनेतासमेत रहेका उनको सांसद पद पनि निलम्बित छ । उनलाई विशेष अदालतले ३० असारमा १० लाख रुपैयाँ धरौटीमा छाडेको थियो ।

प्रकाशित : आश्विन ६, २०७८ १३:२१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×