कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रसारण लाइन बनाउन एडीबीसँग ७ अर्ब ऋण

काठमाडौँ — एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई ७ अर्ब ८ करोड रुपैयाँ (६ करोड अमेरिकी डलर) बराबर सहुलियत ऋण उपलब्ध गराउने प्रस्ताव स्वीकार गरेको छ ।

प्रसारण लाइन बनाउन एडीबीसँग ७ अर्ब ऋण

नेपालको विद्युत् प्रसारण लाइन र वितरण प्रणाली विस्तार तथा आधुनिकीकरणका लागि एडीबीले सोमबार उक्त ऋण स्वीकृत गरेको हो ।


नेपालभरका विभिन्न ३४ वटा विद्युत् सबस्टेसन निर्माण तथा मर्मतसम्भार, काठमाडौं उपत्यकामा स्मार्ट मिटर जडान र १ सय ४४ किलोमिटर प्रसारण लाइन विस्तारका लागि नेपालले उक्त ऋण लिएको हो ।

‘नेपालमा सहज, दिगो र प्रभावकारी विद्युत् प्रणाली निर्माणका लागि यो ऋण लगानी भएको छ,’ दक्षिण एसियाका लागि एडीबीका ऊर्जाविज्ञ जीवन आचार्यले भने, ‘यसले प्रसारण तथा वितरण प्रणाली विकास र विस्तारका लागि सघाउने अपेक्षा राखेका छौं, जसबाट नेपालले सन् २०२६ मा प्रतिव्यक्ति विद्युत् खपत ७ सय किलोवाट बन्न सकोस् ।’

यो ऋणलाई नेपालगन्जदेखि कोहलपुरसम्मको १६ किलोमिटर १३२ केभी प्रसारण लाइन र चोभारदेखि लगनखेलसम्मको प्रसारण लाइन मर्मतसम्भारका लागि पनि खर्च गरिनेछ । दुम्किबास, लगनखेल, मूलपानी र नेपालगन्ज सबस्टेसनबाट थप ४ सय ७७ एम्पियर विद्युत् बहन क्षमताको संरचना तयार पार्ने पनि लक्ष्य राखिएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ २२:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?