नेप्सेमा ११४ अंकको गिरावट, साढे ८ अर्बको सेयर कारोबार

काठमाडौँ — सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक १ सय १४.०२ अंकको गिरावटसहित २ हजार ६ सय ९८.२५ अंकमा ओर्लेको छ । अघिल्लो कारोबार दिनको तुलनामा यो ४.०५ प्रतिशतले कम हो । 

नेप्सेमा ११४ अंकको गिरावट, साढे ८ अर्बको सेयर कारोबार

गत बिहीबार नेप्से २ हजार ८ सय १२ अंकमा रहेको थियो ।

सोमबार पनि सेयर बजार निकै उतारचढावपूर्ण देखियो । सोही क्रममा कुनैसमय नेप्से १ सयभन्दा धेरै अंकले घटथ्यो भने छोटो समयमै गिरावट दरमा कमी आउथ्यो । यो क्रम दिनभर नै चल्यो ।

दिनभरको कारोबारमा ८ अर्ब ४९ करोड रुपैयाँ बराबरका सेयर किनबेच भएको छ ।

प्रकाशित : आश्विन ४, २०७८ १५:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?