थामिएन सेयर बजारमा पहिरो, फेरि १०३ अंकले घट्यो- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

थामिएन सेयर बजारमा पहिरो, फेरि १०३ अंकले घट्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोला लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएपनि फेरि घट्ने क्रममा तीव्रता आएको छ । सोही क्रममा १: १५ बजेसम्म नेप्से १०३ अंकले घटेको छ । यसअघि नेप्से १ सय १३ अंकसम्मले घटेर फेरि गिरावट दरमा कमी आएको थियो ।

सोही अवधिसम्म ६ अर्ब ६२ करोड रुपैयाँ बराबरको छ । सोमबार पनि सेयर बजार निकै उतारचढावपूर्ण देखिएको छ ।

गत साता पछिल्ला तीन कारोबार दिन घटेको नेप्सेले यो साताको सुरुदेखि नै तीव्र गतिमा ओरोलो लागेको हो ।

प्रकाशित : आश्विन ४, २०७८ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्

सम्हालिँदै नेप्से, २ बजेसम्म ६८ अंकले ऋणात्मक

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोलो लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएको छ । सोही क्रममा २ बजेसम्म नेप्से ६८ अंकले मात्र घटेको छ । यसअघि नेप्से १ सय १३ अंकसम्मले घटेको थियो ।

पछिल्लो समयमा विस्तारै नेप्सेको गिरावटमा कमी आएको हो । यो क्रम जारी छ । सोही अवधिसम्म ६ अर्ब ७ करोड रुपैयाँ बराबरको छ । सोमबार पनि सेयर बजार निकै उतार चढावपूर्ण देखिएको छ ।

गत साता पछिल्ला तीन कारोबार दिन घटेको नेप्सेले यो साताको सुरुदेखि नै तीव्र गतिमा ओरोलो लागेको हो ।

प्रकाशित : आश्विन ४, २०७८ १४:०७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×