सम्हालिँदै नेप्से, २ बजेसम्म ६८ अंकले ऋणात्मक- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सम्हालिँदै नेप्से, २ बजेसम्म ६८ अंकले ऋणात्मक

कान्तिपुर संवाददाता

काठमाडौँ — अघिल्ला साढे दुई घण्टा उच्च दरले ओरोलो लागेको नेप्से पछिल्लो समय घट्ने दरमा कमी आएको छ । सोही क्रममा २ बजेसम्म नेप्से ६८ अंकले मात्र घटेको छ । यसअघि नेप्से १ सय १३ अंकसम्मले घटेको थियो ।

पछिल्लो समयमा विस्तारै नेप्सेको गिरावटमा कमी आएको हो । यो क्रम जारी छ । सोही अवधिसम्म ६ अर्ब ७ करोड रुपैयाँ बराबरको छ । सोमबार पनि सेयर बजार निकै उतार चढावपूर्ण देखिएको छ ।

गत साता पछिल्ला तीन कारोबार दिन घटेको नेप्सेले यो साताको सुरुदेखि नै तीव्र गतिमा ओरोलो लागेको हो ।

प्रकाशित : आश्विन ४, २०७८ १४:०७
प्रतिक्रिया
पठाउनुहोस्

दसैंलाई नयाँ नोट

तस्बिर : कविन अधिकारी

काठमाडौँ — दसैं र तिहारलाई लक्षित गरी नेपाल राष्ट्र बैंकले सोमबारदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सेवा सुरु गरेको छ । नयाँ नोट साट्न राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा सर्वसाधारण पुगेका थिए । यसपटक सर्वसाधारणलाई प्रतिव्यक्ति १८ हजार ५ सय रुपैयाँ सटही सुविधा दिइएको छ । राष्ट्र बैंकले सोमबारदेखि नै बाँडे पनि अन्य बैंक र वित्तीय संस्थाले दसैंको १५ दिनअघिबाट मात्र वितरण गर्नेछन् ।


प्रकाशित : आश्विन ४, २०७८ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×