कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

नेपाललाई 'रेड जोन'बाट हटाउन माग

काठमाडौँ — नेपालका पर्यटनकर्मीहरूले कोभिड विरुद्धको खोप पूर्णरुपमा लगाइसकेको तर विभिन्न देशहरुले नेपाललाई अझै पनि ट्राभल एडभाइजरीमा ‘रेड–जोन’ मा राखि नै रहेकाले तत्काल हटाउन व्यवसायीहरुले सरकारसँग माग गरेका छन् ।

नेपाललाई 'रेड जोन'बाट हटाउन माग

बिहीबार नक्सालस्थित नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) को केन्द्रीय कार्यालयमा भेला भएका पर्यटन सम्बद्ध १४ वटा छाता संस्थाका प्रतिनिधिहरुले कोभिड–१९ को महामारीले पर्यटन क्षेत्र अस्तव्यस्त भएको तर पर्यटन मन्त्रालयले बेवास्ता गरेकोमा आक्रोश पोख्दै सरकारले व्यवसायीहरुका माग तत्काल सबोधन नगरे आन्दोलनको चेतावनी दिएका छन् ।

‘सरकारले पर्यटन व्यवसायीहरुका मागहरु तत्काल सम्बोधन नगरे अर्को हप्ताबाट कडा रुपमा सडक आन्दोलन गर्नेछौं,’ नाट्टाको केन्द्रीय कार्यालयमा आयोजित बैठकमा सहभागी ट्राभल, पदयात्रा, होटल, पर्वतारोहण, राफ्टिङ, पथप्रर्दशक लगायतका व्यवसायका प्रतिनिधिसहितले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

उनीहरुले सरकारलाई कोभिड विरुद्धको खोप लगाइसकेका पर्यटकलाई क्वारेन्टाइनमा नराखी अनअराइभल भिसा (प्रवेश विन्दुमा प्रवेशाज्ञा अनुमति) तत्काल दिनुपर्ने माग ५ दिनपछि दोस्रोपटक पुन माग दोहोर्‍याएका छन् । यसअघि आइतबार पर्यटन बोर्डमा भेला भएका ८ वटा पर्यटन सम्बद्ध संस्थाहरुले यो माग उठाएका थिए ।

व्यवसायीहरुले ओली सरकारले घोषणा गरेको पर्यटकहरुलाई एक महिनाको नि:शुल्क भिसा तुरुन्त लागू गर्नुपर्ने भनेका छन् । उनीहरुले भारतसँगको सिमानाका पनि तत्काल खोलिदिन भनेका छन् ।‍

प्रकाशित : भाद्र ३१, २०७८ १७:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?