३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेप्सेमा ४० अंकको गिरावट, ५ अर्बको सेयर कारोबार

काठमाडौँ — सेयर कारोबार मापक नेप्सेमा बुधबार ४० अंकको गिरावट आएको छ । अघिल्लो दिन साढे १८ अंकले घटेर २ हजार ९ सय २९.२९ मा बन्द भएको नेप्से बुधबार २ हजार ८ सय ८९.०३ विन्दुमा ओर्लेको हो । मंगलबारको तुलनामा बुधबारको नेप्से १.३७ विन्दुले कम हो । यो साता आइतबार र सोमबार बढेको नेप्से मंगलबार र बुधबार घटेको हो ।

नेप्सेमा ४० अंकको गिरावट, ५ अर्बको सेयर कारोबार

बुधबार करिब ७५ हजार ९ सय कारोबारबाट २ सय २२ कम्पनीका १ करोड ५ लाख ५७ हजार ८ सय ६६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट ५ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम बढी हो । मंगलबार सेयर बजारमा ५ अर्ब १९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । सो दिन करिब ५९ हजार ८ सय ५४ कारोबारबाट २ सय २२ कम्पनीका १ करोड ६ लाख ३९ हजार ८ सय २६ कित्ता सेयर किनबेच भएका थिए ।

बुधबार नेप्से घटेपछि सेन्सेटिभ परिसूचक १.३१ प्रतिशत र फ्लोट परिसूचक १.४३ प्रतिशतले घटे । यो सँगै सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि मंगलबार ४० खर्ब ४३ अर्ब रुपैयाँमा खुम्चिएको छ । मंगलबार यस्तो पुँजीकरण ४० खर्ब ९९ अर्ब रुपैयाँ थियो ।

बुधबार कारोबारमा आएका १३ उपसमूहमध्ये सबैको परिसूचक घटेपछि समग्र नेप्से उच्च अंकले घटेको हो । तीमध्ये वित्त कम्पनी उपसमूहको परिसूचक सबैभन्दा बढी २.९८ प्रतिशतले घट्यो । सो दिन बैंकिङ उपसमूहको परिसूचक १.०५, व्यापारको ०.८, होटल एण्ड टुरिजमको २.२४, विकास बैंकको २.११ र जलविद्युत्‌को २.११ प्रतिशतले घटे । त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक २.०५, उत्पादन तथा प्रशोधनको १.०८, अन्यको १.१३ प्रतिशतले ऋणात्मक रहेको नेप्सेले जनाएको छ ।


प्रकाशित : भाद्र ३०, २०७८ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?