कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेपाल–बंगलादेश डेडिकेटेड प्रसारण लाइन बनाउन सहमति

काठमाडौँ — नेपाल र बंगलादेशबीच विद्युत् व्यापार तथा आदानप्रदानका लागि डेडिकेटेड प्रसारण लाइन बनाउन सहमति भएको छ । मंगलबार सम्पन्न दुई देशका ऊर्जा सचिवस्तरीय संयुक्त कार्यकारिणी समिति (जोइन्ट स्टेयरिङ कमिटी) बैठकले दीर्घकालीन रूपमा विद्युत् व्यापार गर्न डेडिकेटेड प्रसारण लाइन निर्माण गर्ने र त्यसका लागि भारतलाई समेत राखेर त्रिपक्षीय रूपमा छलफल गर्ने सहमति गरेको हो । 

नेपाल–बंगलादेश डेडिकेटेड प्रसारण लाइन बनाउन सहमति

बैठकले सुनकोसी–३ जलविद्युत् आयोजनामा संयुक्त लगानी गर्ने विषयमा सहमति जुटेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । ‘जलविद्युत् क्षेत्रमा सहकार्यका लागि नेपालबाट प्रस्तावित सम्भावित पाँच जलविद्युत् आयोजनामध्ये पहिलो चरणमा सुनकोसी–३ लाई अगाडि बढाउन डिसेम्बरमा स्थलगत अध्ययन गर्ने सहमति भएको छ,’ बैठकपछि मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ ।

बैठकले नेपाल र बंगलादेश विद्युत् व्यापारको तयारीका लागि नेपालका तर्फबाट नेपाल विद्युत् प्राधिकरण र बंगलादेशका तर्फबाट बंगलादेश पावर डेभलपमेन्ट बोर्डलाई जिम्मेवारी तोकिदिएको छ । बैठकमा दुई देशबीचको विद्युत् व्यापार, नेपालको जलविद्युत् विकासमा बंगलादेशको सरकारी तथा निजी लगानी, अन्तरदेशीय प्रसारण लाइन निर्माण, माथिल्लो कर्णाली जलविद्युत् आयोजनाबाट बंगलादेशले आयात गर्ने भनेको ५ सय मेगावाट बिजुली खरिदका लागि भएको प्रगति र नवीकरणीय ऊर्जाका क्षेत्रमा सहयोग आदानप्रदानका लागि छलफल भएको जनाइएको छ ।

नवीकरणीय ऊर्जाको प्रवर्द्धन, सोलार होम सिस्टम र ऊर्जा दक्षताका क्षेत्रमा नेपालको वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र बंगलादेशको सस्टनेबल एन्ड रिन्युएबल इनर्जी डेभलपमेन्ट अथोरिटीबीच प्रविधि तथा सीप आदानप्रदान गर्ने सम्बन्धमा पनि सहमति भएको छ ।


प्रकाशित : भाद्र ३०, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?