बुधबारबाट बजेट होलिडे !

बजेट पास नहुँदा तीन वर्षअघि अमेरिकाका सरकारी कार्यालय ३५ दिन बन्द भएजस्तै अवस्था नेपालमा पनि आएकाे छ  

काठमाडौँ — प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च गर्ने बाटो बन्द हुने भएको छ । अब सरकारले करमात्र उठाउन सक्छ, खर्च गर्न सक्दैन । यसअघि ल्याएको बजेट अध्यादेश संसद्‌ चलेको अवस्थामा ६० दिनभित्र प्रतिस्थापन विधेयकमार्फत पारित गर्नुपर्ने प्रावधान छ । ६० दिनको समय बुधबार सकिँदैछ ।

बुधबारबाट बजेट होलिडे !

बजेटबारे कुनै नहुँदा सार्वजनिक निकाय बन्द गर्नुपर्ने र ‘बजेट होलिडे’ तर्फ मुलुक जाने पूर्वअर्थसचिव शान्तराज सुवेदी बताउँछन् । ‘अमेरिकामा तीन वर्षअघि बजेट पास नभएर मुलुकका सबै सरकारी कार्यालय बन्द गरिएजस्तै अवस्था आउन सक्छ,’ उनले भने ।

तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने कार्यक्रमसहित बजेट पेस गर्दा संसद्‌मा तोकिएकै मितिमा बजेट पास हुन नसकेर सार्वजनिक खर्च गर्न नमिलेपछि ३५ दिन सरकारी कार्यालय बन्द भएका थिए । ‘यही भदौ ३० भित्र बजेट पास नभए हाम्रोमा पनि हुने यस्तै हो,’ सुवेदीले भने ।

प्रकाशित : भाद्र २९, २०७८ १५:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?