कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

बजेटमा स्वास्थ्य कार्यक्रम : बिरामीलाई मासिक खर्चदेखि कोभिड प्रभावित व्यवसाय पुनरुत्थान राहतसम्म

काठमाडौँ — अर्थमन्त्री शर्माले कोभिड–१९ महामारीबाट नागरिकको जीवन रक्षा गर्ने र शिथिल बनेको अर्थतन्त्रलाई पुनरुत्थान गरी चलायमान बनाउने विषय सरकारको उच्च प्राथमिकतामा रहेको घोषणा गरे । उनले कोभिड संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि स्रोतको कमी हुन नदिन सरकार प्रतिबद्ध रहेको बताए । 

बजेटमा स्वास्थ्य कार्यक्रम : बिरामीलाई मासिक खर्चदेखि कोभिड प्रभावित व्यवसाय पुनरुत्थान राहतसम्म

मन्त्री शर्माले कोभिड–१९ विरुद्धको खोप लगाउनयोग्य सबै नेपालीलाई यथाशक्य चाँडो निःशुल्क खोप उपलब्ध गराउन खोपको आपूर्तिको सुनिश्चितता मिलाएको भन्दै हालसम्म एक करोड ३३ लाख ५९ हजार मात्रा खोप नेपाल भित्रिसकेको र अब करिब तीन करोड मात्रा प्राप्त हुनेक्रममा रहेको जानकारी दिए ।

मन्त्री शर्माले बैठक भत्ता, इन्धन, मर्मत, कर्मचारी तालिम खर्च, गोष्ठी खर्च, भ्रमण खर्चलगायत चालु खर्चमा न्यूनतम १० प्रतिशत कटौती गरी त्यसवापत्को पाँच अर्ब रुपैयाँ कोभिड–१९ को खोप खरिदका लागि उपयोग गर्ने व्यवस्था गरेको बताए ।

सरकारले मिर्गौला प्रत्यारोपण गरेका, सबै किसिमका क्यान्सर रोगी र मेरुदण्ड पक्षघातका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधी उपचार खर्च दिने भएको छ । मन्त्री शर्माले कोभिड–१९ बाट प्रभावित व्यवसाय पुनरुत्थानको लागि प्रदान गरिने राहत, सहुलियत र आर्थिक पुनरुत्थानका कार्यक्रमहरुलाई थप रकमसहित निरन्तरता दिएको बताए ।

उनले कोभिडकै बेला रोजगारी गुमाएका पाँच लाख परिवारलाई असोजभित्र १० हजार रुपैयाँका दरले राहत दिने, सहरी विपन्न नागरिकहरुको लागि सामाजिक संस्थासँगको सहकार्यमा काठमाडौं उपत्यकामा कम्तीमा १० स्थानमा सुपथ र सुलभ खानाको व्यवस्था गर्ने, कोभिड–१९ बाट अति प्रभावित क्षेत्रलाई पुनरुत्थान गर्न छुट तथा सहुलियतसहित विभिन्न किसिमका पूर्वाधार निर्माण तथा प्रवर्द्धनात्मक कार्यक्रम सञ्चालन गर्नेलगायत कार्यक्रम अघि सारेको छ ।

त्यस्तै, कोभिड–१९ विरुद्धको खोप खरिदका लागि खर्च व्यवस्था गर्न, कोभिड–१९ का कारण शिथिल बनेको अर्थतन्त्रको पुनरुत्थान गर्न, अनिवार्य दायित्व व्यवस्थापन गर्न तथा पुँजीगत खर्चलाई थप प्रभावकारी बनाई चालु खर्चमा मितव्ययी कायम गर्न सार्वजनिक खर्चलाई मितव्ययी तथा प्रभावकारी बनाउने मापदण्ड लागू गर्ने भएको छ ।

यस्तै, सरकारले स्वास्थ्य खोप, अक्सिजन ग्याँस तथा स्यानिटरी प्याड उत्पादन गर्ने उद्योगलाई उत्पादन सुरु भएको मितिले तीन वर्षसम्म लाग्ने करमा शतप्रतिशत र त्यसपछिको दुई वर्षसम्म ५० प्रतिशत कर छुट दिने भएको छ ।

प्रकाशित : भाद्र २५, २०७८ १७:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?