कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

कोभिड-१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन

काठमाडौँ — सरकारले चालु खर्चका लागि विनियोजित बजेट कटौती गरी कोभिड–१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन गरेको छ ।

अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षको अध्यादेश बजेटमा प्रतिस्थापन विधेयक प्रस्तुत गर्दै चालु खर्चतर्फ विभिन्न शीर्षकको १० प्रतिशत बजेट कटौती गरिएको बताए ।

कोभिड-१९ विरुद्धको खोप खरिदका लागि पाँच अर्ब रुपैयाँ विनियोजन

‘बैठक भत्ता, इन्धन, सवारीसाधन मर्मत, कर्मचारी तालिम खर्च, सीप विकास तथा जनचेतना तालिम र गोष्ठीसम्बन्धी खर्च, अनुगमन मूल्यांकनलगायत शीर्षकको खर्च विविध कार्यक्रम खर्चमा विनियोजित बजेटमा कम्तीमा १० प्रतिशत कटौती गरेको छु,’ मन्त्री शर्माले भने, ‘यसरी बचत भएको पाँच रुपैयाँ कोभिड विरुद्धको खोप खरिदमा खर्च गरिनेछ ।’


प्रकाशित : भाद्र २५, २०७८ १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?