३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

क्रिप्टोकरेन्सी कारोबार नगर्न निर्देशन

काठमाडौँ — सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार नगर्न राष्ट्र बैंकले निर्देशन जारी गरेको छ ।

क्रिप्टोकरेन्सी कारोबार नगर्न निर्देशन

‘नेपालमा सबै प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र निर्माण (माइनिङ) गैरकानुनी हो,’ राष्ट्र बैंकले सोमबार जारी गरेको निर्देशनमा भनिएको छ, ‘त्यस्ता प्रकारका क्रिप्टोकरेन्सीको कारोबार, प्रयोग र माइनिङसम्बन्धी कार्य नगर्नु/नगराउनुहुन राष्ट्र बैंकले सो निर्देशन जारी गरेको हो ।’ विदेशी विनिमय (नियमित गर्ने) ऐन २०१९ को व्यवस्थाबमोजिम राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

‘हालका दिनमा क्रिप्टोकरेन्सीहरूका कारोबार, प्रयोग र माइनिङजस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउनेसमेत पाइएको र त्यस्ता कार्यबाट सर्वसाधारण ठगिएको/ठगिन सक्ने देखिएको हुँदा कसैले त्यस्तो कार्य गरेको/गराइएको पाइए कानुनबमोजिम सजाय हुने जानकारी गराइन्छ,’ निर्देशनमा भनिएको छ । राष्ट्र बैंकले २०७४ साउन ३० मा निर्देशन जारी गरेर नेपालमा बिटक्वाइनको कारोबारमा बन्देज गरेको थियो । पछिल्ला वर्षमा बिटक्वाइनजस्तै प्रकृतिका अन्य धेरै करेन्सीको विभिन्न नाममा कारोबार भइरहेका छन् । सोही कारण त्यस्ता प्रकृतिका सबै करेन्सीको कारोबारमा बन्देज लगाइएको हो ।

प्रकाशित : भाद्र २५, २०७८ ०६:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?