कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेप्सेमा ऋणात्मक सर्किट ब्रेकर, ४० मिनेटका लागि बजार बन्द

काठमाडौँ — कारोबार सुरु भएको दोस्रो घण्टामै नेप्से ५ प्रतिशतले घटेपछि सर्किट ब्रेकरमार्फत ४० मिनेटका लागि बजार बन्द गरिएको छ ।

नेप्सेमा ऋणात्मक सर्किट ब्रेकर, ४० मिनेटका लागि बजार बन्द

आइतबार एक बज्न ५ सेकेन्ड बाँकी रहँदा सेयर बजार ५ प्रतिशतले घटेपछि नेप्सेले कारोबार बन्द गरेको हो । अब ४० मिनेट पछि मात्र बजार खुल्नेछ ।

सर्किट ब्रेकर लाग्दासम्म नेप्से १ सय ४७.३१ अंकले घटिसकेको छ । त्यति बेलासम्म ७ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यो गिरावट सेयर बजारको इतिहासमा हालसम्मकै धेरै हो । यसअघि २०७७ मंसिर २१ गते १ सय २३ अंकले घटेको थियो ।

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरे यता निरन्तर ओरालो लागेको बजारले आइतबार पनि गिरावट नै देखेको छ ।

मौद्रिक नीतिपछि नेप्से सूचकमा करिब ४ सय अंकको गिरावट आइसकेको छ भने घट्ने क्रम रोकिएको छैन । निरन्तर बजार बजार घट्न थालेपछि लगानीकर्ता निरुत्साह भएका छन् ।

प्रकाशित : भाद्र २०, २०७८ १३:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?