कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

अर्थले नरोके मौद्रिक नीति यसै साता

कान्तिपुर संवाददाता

काठमाडौँ — यसै साता मौद्रिक नीति जारी गर्ने गरी राष्ट्र बैंक तयारीमा जुटेको छ । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वमा नयाँ सरकार बनेपछि तयारी अवस्थामा रहेको मौद्रिक नीति पनि राष्ट्र बैंकले सार्वजनिक गरेको छैन । 

अर्थले नरोके मौद्रिक नीति यसै साता

नयाँ सरकारले बजेटमा हेरफेर गर्ने भएपछि राष्ट्र बैंकले नीति सार्वजनिक गर्न ढिलाइ गरेको थियो । त्यसपछि अर्थ मन्त्रालयको दबाबमा मौद्रिक नीति सार्वजनिक गर्नमा ढिलाइ भएको भन्दै चर्चा पनि भएको थियो । राष्ट्र बैंकका पूर्वगभर्नरहरूले पनि बजेटको परिमार्जन पर्खिने बहानामा मौद्रिक नीति सार्वजनिक गर्न ढिलाइ गर्न नहुने बताएका थिए ।

तर अर्थमन्त्री जनार्दन शर्माले आफ्ना कारणले मौद्रिक नीति ढिलाइ नभएको प्रस्ट्याइसकेका छन् । राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले कुनै दबाब नदिएको, बरु उपयुक्त समयमा मौद्रिक नीति ल्याउन सुझाएको उनले बताएका थिए । अर्थमन्त्रीको उक्त भनाइपछि राष्ट्र बैंकले बजेटमा हुने परिमार्जन नपर्खिने र त्यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेको छ । ‘यसअघि तयारी भइसकेको मस्यौदालाई अन्तिम रूप दिन लागेका छौं,’ स्रोतले भन्यो, ‘आउँदो बिहीबारका लागि तयारी भएको छ । त्यो दिन नभए शुक्रबारसम्म ल्याउँछौं ।’ यसअघिका अर्थसचिव शिशिर ढुंगानाको स्थानमा मधु मरासिनी आएका छन् ।

राष्ट्र बैंक सञ्चालक समितिमा अर्थसचिव पदेन सदस्य रहन्छन् । नयाँ अर्थसचिवले मंगलबार मात्र सञ्चालकको शपथ लिनेछन् । ‘शपथका लागि समय मिलाउन सोमबार नै सर्वोच्च अदालतमा पत्र पठाएका छौं,’ स्रोतले भन्यो, ‘अर्थसचिवले शपथ लिएपछि मंगलबार नै सञ्चालक समितिको बैठक बस्ने तालिका छ ।’


प्रकाशित : श्रावण १९, २०७८ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?