सेबोन र नेप्सेसँग अर्थ मन्त्रालयले माग्यो स्पष्टीकरण- अर्थ / वाणिज्य - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

सेबोन र नेप्सेसँग अर्थ मन्त्रालयले माग्यो स्पष्टीकरण

तीन दिनभित्र जवाफ पठाउन निर्देशन
कान्तिपुर संवाददाता

काठमाडौँ — भित्री कारोबारमार्फत सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको सम्बन्धमा नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष भीष्मराज ढुंगाना र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत चन्द्र साउदसँग अर्थ मन्त्रालयले स्पष्टीकरण सोधेको छ ।

बुक बिल्डिङ विधिमार्फत सेयर निष्कासन प्रक्रियामा रहेको सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको समाचार बाहिरिएपछि अर्थ मन्त्रालयले बिहीबार स्पष्टीकरण सोधेको हो । पत्रमा तीन दिनभित्र जवाफ पठाउन भनिएको छ ।

‘विभिन्न सञ्चारमाध्यममा प्रकाशित धितोपत्र बोर्डसँग सम्बन्धित समाचारप्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ,’ अर्थ मन्त्रालयले सेबोन र नेप्सेलाई पठाएको पत्रमा भनिएको छ, ‘उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य यथार्थ के हो, सोको स्पष्ट र तथ्यपरक विवरण तीन दिनभित्र मन्त्रालयमा उपलब्ध गराइदिनुहुन आदेशनुसार अनुरोध छ ।’

बुक बिल्डिङ सार्वजनिक निष्कासन गर्दा मूल्य निर्धारण गर्ने एउटा वैकल्पिक विधि हो । सेयर वा अन्य धितोपत्रको सार्वजनिक निष्कासन गर्दा धितोपत्रको सही मूल्य निर्धारण गर्न बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ता (बुक रनर) ले लगानीकर्ताबाट धितोपत्रको माग सिर्जना गर्ने, संकलन गर्ने र अभिलेख गर्ने व्यवस्थित प्रक्रिया हो । यो विधिमा बिक्री प्रबन्धक वा प्रत्याभूतिकर्ताले विभिन्न सम्भाव्य लगानीकर्ताको मागका आधारमा सार्वजनिक निष्कासनको मूल्य निर्धारण गर्छ । नेपालमा पनि नियामक निकाय धितोपत्र बोर्डले यो विधिअनुसार मूल्य निर्धारण गरी प्राथमिक सेयर निष्कासन गर्न पाउने व्यवस्था गरेको छ ।

सर्वोत्तम सिमेन्ट सोही व्यवस्थाअनुसार मूल्य निर्धारण गरी सेयर निष्कासन गर्ने तयारीमा रहेको पहिलो कम्पनी हो । कम्पनीले सेयर निष्कासन प्रक्रिया सुरु गरिसकेपछि बोर्डका अध्यक्ष ढुंगाना, नेप्सेका प्रमुख कार्यकारी अधिकृत साउदलगायत व्यक्तिले भित्री रूपमा सो कम्पनीको सेयर खरिद गरेको कुरा बाहिरिएको छ । ढुंगानाले छोरी र साउदले श्रीमतीका नाममा सेयर किनेको चर्चा छ । पुँजी बजारको नियामक निकाय धितोपत्र बोर्ड र अग्रणी नियामक निकाय नेप्सेका प्रमुखहरूकै परिवार भित्री कारोबारमा संलग्न रहेको पाइएपछि सत्यतथ्य बुझ्न पत्र काटिएको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

सर्वोत्तमले गत आर्थिक वर्षमै सेयर निष्कासनका लागि आवेदन दिएको थियो । सर्वसाधारणका लागि सेयर निष्कासन गर्न पब्लिक कम्पनी भएको कम्तीमा एक आर्थिक वर्ष पूरा भएको हुनुपर्ने व्यवस्था छ । तर बोर्ड उच्च नेतृत्वले बोर्डले धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७३ पनि परिमार्जन गरेरै भए पनि सो कम्पनीलाई अनुमति दिने दबाब दिएका थिए । सो विषय सञ्चालक समितिबाट पास हुन नसकेपछि हाल अनुमति प्रक्रिया रोकिएको छ ।

‘पब्लिक कम्पनीका रूपमा आफ्नो उद्देश्यअनुसार कारोबार सञ्चालन गर्न आवश्यक कार्य अगाडि बढाई पूरा एक आर्थिक वर्षको अवधि पूरा गरेको,’ नियमावलीको दफा ९ को उपदफा ३ ‘क’ मा भनिएको छ । यो व्यवस्थाअनुसार सर्वोत्तम सिमेन्टले गत आर्थिक वर्षमा सेयर जारी गर्न नपाएको हो ।

प्रकाशित : श्रावण १५, २०७८ ०७:१९
प्रतिक्रिया
पठाउनुहोस्

मौद्रिक नीति मैले रोकेको छैन : अर्थमन्त्री शर्मा

कान्तिपुर संवाददाता

काठमाडौँ — मौद्रिक नीति जारी गर्ने सन्दर्भमा नेपाल राष्ट्र बैंकलाई कुनै किसिमको हस्तक्षेप नगरेको अर्थमन्त्री जनार्दन शर्माले प्रस्ट्याएका छन् ।

अर्थमन्त्री जनार्दन शर्मा । तस्बिर : रासस

राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले त्यसको दायरा मिच्ने काम नगरेको उनले बताए । मौद्रिक नीति सार्वजनिक गर्न शर्माले रोकेको समाचार आइरहेका बेला उनको यस्तो भनाइ सार्वजनिक भएको हो ।

‘बजारमा ब्याजदर बढेर नागरिक वित्तीय सेवाबाट वञ्चित हुन नपरोस् भनेर मैले गभर्नरलाई भनेको हुँ,’ बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीसँगको भेटमा मन्त्री शर्माले भने, ‘स्वायत्त संस्था भएकाले कति बेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय राष्ट्र बैंक आफैंले गर्ने हो ।’ कोभिडको वातावरण पहिलेभन्दा फरक नभएकाले अझ सहज कसरी बनाउने भनेर आफूले निर्देश गरेको अर्थमन्त्री शर्माले बताए ।





प्रकाशित : श्रावण १५, २०७८ ०७:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×