१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

नेप्सेमा दोहोरो अंकको गिरावट

रासस

काठमाडौँ — धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीबार दोहोरो अंकले घटेको छ । लगातार नयाँ-नयाँ कीर्तिमान बनाउँदै अगाडि बढेको नेप्सेमा करेक्सन देखिएको हो । 

नेप्सेमा दोहोरो अंकको गिरावट

नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको अन्तिम दिन नेप्से १५.११ बिन्दुले घटेर तीन हजार ७९.८३ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.४७ बिन्दुले घटेर ५७०.८५ मा ओर्लेको छ ।

कूल २१७ कम्पनीको दुई करोड ६० लाख ४० हजार २३ कित्ता १० अर्ब ९० करोड ५८ लाख ३० हजार ६४ मा कारोबार भयो । बिहीबारको कारोबारपछि बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख ९० हजार रुपैयाँ बराबर पुगेको छ । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये होटल तथा पर्यटन ४५.४१ र विकास बैंक ५३.४ बिन्दुले बढेको छ । यस्तै, बैंकिङ १०.४४, व्यापार ४.४२, जलविद्युत् २८.४३, वित्त ५३.८२, निर्जीवन बीमा ६९.५७, उत्पादन ५३.३, अन्य १२.८२, लघुवित्त ४.९७, जीवन बीमा ८६.५५, सामूहिक लगानी कोष ०.०३ र लगानी १.३७ बिन्दुले ओरालो लागेको छ ।

कारोबारका आधारमा गुडविल फाइनान्स कम्पनी शीर्ष स्थानमा छ । सो कम्पनीको ३३ करोड ९२ लाख ५६ हजार ५६ बराबर रुपैयाँको कारोबार भयो । हिमालयन डिस्टिलरी २९ करोड ४४ लाख ३७ हजार २३०, युनाइटेड मोदी २५ करोड ४३ लाख १५ हजार ४७३, हिमालयन जनरल इन्स्योरेन्स २४ करोड ७५ लाख आठ हजार ४९ र रिडी हाइड्रो पावरको २२ करोड ४२ लाख ६४ हजार ९४४ बराबर रुपैयाँको कारोबार भई शीर्ष स्थानमा रहे ।

रिडी हाइड्रोपावर ९.९५, जीवन विकास लघुवित्त ८.२२, सप्तकोशी डेभलपमेन्ट बैंक ७.६५, युनाइटेड इदी मदी हाइड्रोपावर ७.५५ र चन्द्रागिरि हिल्सका लगानीकर्ताले ६.०५ प्रतिशतले कमाएका छन् । त्यस्तै गुडविल फाइनान्स ७.३३, माउण्टेन हाइड्रो नेपाल ६.१७, जानकी फाइनान्स ५.५०, जोशी हाइड्रो पावर ३.७३ र श्री इन्भेस्टमेन्ट फाइनान्सका लगानीकर्ताले ३.६६ प्रतिशतले गुमाए ।

प्रकाशित : श्रावण १४, २०७८ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?