१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाघ्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । बुधबारको कारोबारपछि नेप्सेले नयाँ इतिहास कायम गरेको छ ।

नेप्सेमा नयाँ कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब नाघ्यो

नेपाल स्टक एक्स्चेन्जका अनुसार नेप्से १५.३० अंकले बढेर तीन हजार ९४.९४ मा पुगेको छ । नेप्सेले अब तीन हजार १०० को बिन्दुको यात्रा तय गरेको छ । यस्तै ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.०२ बिन्दुले बढेर ५७४.३२ मा पुगेको छ । कूल २१९ कम्पनीको दुई करोड ८१ लाख ७० हजार १७२ कित्ता सेयर १३ अर्ब २९ करोड १९ लाख ५४ हजार ५३५ रुपैयाँ मूल्यमा खरिद बिक्री भए ।

बुधबारको कारोबारपछि बजार पूँजीकरण ४३ खर्ब पाँच अर्ब २२ करोड ५२ लाख ६० हजार रुपैयाँबराबर पुगेको छ । यो पनि हालसम्मकै उच्च अंक हो । नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको सेयर ओरालो लाग्दा नौ उपसमूहको सेयर भने उकालो लागेको छ । बैंकिङ १८.४५, जलविद्युत् ४८.२७, उत्पादन ३७.३ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले ओरालो लागेको छ । व्यापार १६.३९, होटल तथा पर्यटन २५७.७१, विकास बैंक ४८.३६, वित्त ७०.१६, निर्जीवन बीमा ४४९.५६, अन्य २०११, लघुवित्त ३७.२४, जीवन बीमा ४३१.३८ र लगानी ३.२२ बिन्दुले उकालो लागेको छ ।

कारोबारका आधारमा युनाइटेड मोदी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ३८ करोड ६१ लाख ४७ हजार ८१८ रुपैयाँबराबरको कारोबार भयो । नेशनल हाइड्रोपावर ३६ करोड ५३ लाख ७५ हजार ३८९, अरुण भ्याली हाइड्रोपावर ३३ करोड ६१ लाख चार हजार ६२५, सानिमा माई हाइड्रोपावर ३१ करोड ८८ लाख ५६ हजार ३७५ र अपि पावर कम्पनी २९ करोड ५९ लाख ५५ हजार ९१ रुपैयाँ बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

नारायणी डेभलपमेन्ट बैंक, मल्टीप्रपोज फाइनान्स कम्पनी र चन्द्रागिरि हिल्सको सेयर १० प्रतिशतले बढ्दा सकारात्मक सर्किट लाग्यो । यस्तै सोल्टी होटल ८.०६ र कर्पोरेट डेभलपमेन्ट बैंकका लगानीकर्ताले ८.०५ प्रतिशतले कमाए । यसैगरी पञ्चकन्या माई हाइड्रोपावर ५.०७, सिंगटी हाइड्रोपावर ४.९८, ग्रीनलाइफ हाइड्रोपावर ४.१८, पाँचथर पावर कम्पनी ४.१५ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.९५ प्रशितले गुमाए ।

प्रकाशित : श्रावण १३, २०७८ १८:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?