कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

ट्रंक लाइन महसुल विवाद समाधान गर्न माग

काठमाडौँ — नेपाल उद्योग वाणिज्य महासंघले नवनियुक्त ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालसँग ट्रंक तथा डेडिकेटेड लाइन विद्युत् महसुल विवाद समाधान गर्न आग्रह गरेको छ ।

ट्रंक लाइन महसुल विवाद समाधान गर्न माग

महासंघ अध्यक्ष शेखर गोल्छा नेतृत्वको प्रतिनिधिमण्डलले मन्त्री भुसालसँगको भेटवार्तामा विवादलाई सक्दो छिटो समाधान गर्न जोड दिएको हो ।

उद्योगहरूले आवश्यक विद्युत् नेपाल विद्युत् प्राधिकरणबाट लिँदै आएका छन् । विद्युत् उपभोग गरेबापत प्रचलित कानुनबमोजिम लागेको/लाग्ने महसुलसमेत तिर्दै आए पनि छुट बिल तथा रकमका नाममा भुक्तानी गर्न भनी लेखिएको पत्रले उद्योगी हतोत्साहित भएको महासंघले जनाएको छ । भेटमा तत्कालीन विद्युत् महसुल निर्धारण आयोगको २०७२ पुस २९ मा भएको १०३औं र २०७३ असार १६ मा भएको १०८औं बैठकबाट कायम महसुल दर सम्बन्धमा भएको निर्णयसमेत महासंघले नवनियुक्त मन्त्रीलाई जानकारी गराएको थियो ।

उक्त अवसरमा मन्त्री भुसालले ट्रंक तथा डेडिकेटेड विद्युत् महसुल विवादमा कानुनी विधि एवं प्रक्रिया बुझेर निर्णय लिने विश्वास दिलाइन् । बढी ऊर्जा खपत गर्ने उद्योगलाई कम महसुल लाग्ने व्यवस्था हुनुपर्ने र यस विषयमा अध्ययन अघि बढाउने उनको आश्वासन छ ।

प्रकाशित : श्रावण ६, २०७८ ०७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?