कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

होङ्सीमा भदौअघि नै बिजुली

पूर्वी नवलपरासी — वैदेशिक लगानीको होङ्सी सिमेन्ट उद्योगमा नेपाल विद्युत् प्राधिकरणले आगामी भदौअघि नै विद्युत् आपूर्ति गरिदिने भएको छ । बर्दघाट–सर्दी १३२ केभी प्रसारण लाइनअन्तर्गतको बिजुली उद्योगमा पुर्‍याउने गरी भइरहेको काम अन्तिम चरणमा पुगेको प्राधिकरणको भनाइ छ ।

होङ्सीमा भदौअघि नै बिजुली

डबल सर्किटसहितको काम अघि बढेको बर्दघाट–सर्दी प्रसारण लाइन प्रमुख इन्जिनियर हरि पाण्डेले जानकारी दिए । उद्योग मन्त्रालयको ५७ करोड रुपैयाँ बजेटबाट काम भइरहेको हो । बर्दघाट सबस्टेसनबाट उद्योग रहेको सर्दीसम्म बिजुली लैजान बनाउनुपर्ने ६७ टावरमध्ये ४५ वटा बनेर तारसमेत टाँगिसकिएको छ ।

३६ अर्ब रुपैयाँ लगानीमा सञ्चालित होङ्सीमा पहिलो चरणमा ३२ मेगावाट बिजुलीको माग छ । यसबापत उद्योगले मासिक १५ करोड रुपैयाँ महसुल भुक्तानी गर्नेछ । दैनिक ४५ सय टन क्षमतामा सिमेन्ट उत्पादन भइरहे पनि पर्याप्त बिजुली आपूर्ति नहुँदा प्रतिबोरा करिब १५ रुपैयाँ उत्पादन लागत बढेको छ ।

मागअनुसारको विद्युत् नपाएकै कारण हाल डिजेल र कोइलाबाट बिजुली उत्पादन गरेर उद्योग सञ्चालन गरिएको छ । यसका लागि दिनमा कम्तीमा ६० हजार लिटर डिजेल खपत हुने गरेको उद्योगले जनाएको छ ।

वैदेशिक लगानीका ठूला उद्योगमा बिजुली, सडक र पानीको आपूर्ति सरकारले गरिदिनुपर्ने भए पनि होङ्सीले मागअनुसारको विद्युत् पाएको छैन ।


प्रकाशित : श्रावण ३, २०७८ ०७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?