कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

भैरहवा भन्सारले तीन वर्षपछि भेट्टायो राजस्व लक्ष्य

भैरहवा — कोभिड संक्रमणका कारण विभिन्न प्रतिकूल परिस्थितिको अवरोध भए पनि आयात बढेकाले भैरहवा भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा राजस्व असुलीको लक्ष्य भेट्टाएको छ । राजस्व असुलीका दृष्टिले वीरगन्जपछिको मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारले तीन वर्षमा बल्ल यसपटक राजस्व असुलीको लक्ष्य भेटेको हो । 

भैरहवा भन्सारले तीन वर्षपछि भेट्टायो राजस्व लक्ष्य

तेस्रो मुलुकबाट हुने आयात वीरगन्ज नाकाबाट धेरै हुने गरे पनि भारतसँगको व्यापारिक कारोबार भने भैरहवाबाट हुन्छ । आर्थिक वर्ष २०७७/७८ मा भैरहवा भन्सारले ९९ अर्ब ६५ करोड राजस्व असुलीको लक्ष्यलाई १ सय १२ प्रतिशतले पार गर्दै १ खर्ब १२ अर्ब ५४ करोड रुपैयाँ उठाएको छ । भैरहवा भन्सारले आर्थिक वर्ष २०७५/७६ मा ९३ अर्ब ९५ करोड ९७ लाख असुलीको लक्ष्य रहेकामा ८२ अर्ब ३० करोड र २०७६/७७ मा १ खर्ब ६ अर्ब असुलीको लक्ष्य रहेकामा ६६ प्रतिशत मात्र पूरा गरी ७० अर्ब २९ करोड असुली एको थियो । भारतबाट हुने आयात वृद्धिसँगै आन्तरिक राजस्व चुहावटको सम्भावनालाई नियन्त्रण गर्न कार्यालयमा आन्तरिक सुधार गरिएको भैरहवा भन्सार कार्यालय प्रमुख मनिराम पौडेलले बताए ।

‘भन्सार जाँचपासमा छड्के जाँच, अनलाइन अनुगमनलाई प्राथमिकता दिँदै जरिवानासहितको कारबाही प्रक्रियालाई प्रभावकारी बनायौं,’ उनले भने, ‘आन्तरिक सुधारका क्रियाकलापबाट ह्वात्तै राजस्व बढेको नदेखिए पनि राजस्व चुहावटको सम्भावना हतोत्साहित भई राजस्व वृद्धिलाई सहयोग पुग्यो ।’ कार्यालयका अनुसार भन्सार जाँचपास प्रक्रियामा गरिएको छड्के जाँचबाट १ करोडभन्दा धेरै प्रत्यक्ष अनुगमनबाट पनि १ करोडभन्दा धेरै राजस्व प्राप्त भएको छ । मुद्दा लिलामी र जरिवानाबाट समेत ४ करोड १७ लाख रुपैयाँ प्राप्त भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा भैरहवा भन्सार नाका हुँदै धेरै आयात भएका प्रमुख १० वस्तुमा मोटरसाइकल, एसएस फलामे ब्लेड, हाइस्प्रिड डिजेल, सिंगल र डबल क्याब पिकअप गाडी, टायल, पेट्रोल, पोलेथिन दाना, मार्बल, ट्रक, मिनी ट्रक छन् ।

प्रकाशित : श्रावण ३, २०७८ ०७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?