३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

जल उर्जा उत्पादन बढाउनुपर्छ : उर्जामन्त्री भुसाल

काठमाडौँ — उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले आफ्नो देशबाट उत्पादित जल उर्जालाई सम्पूर्ण क्षेत्रमा प्रयोग गरेर पेट्रोलियम पदार्थको आयात र प्रयोगलाई न्यूनिकरण गर्नुपर्ने बताएकी छन्  ।

जल उर्जा उत्पादन बढाउनुपर्छ : उर्जामन्त्री भुसाल

विद्युत् विकास विभागको २८ औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भुसालले पेट्रोलियम पदार्थको पहिलो विकल्पको रुपमा जल उर्जा भएको बताइन् ।

यस्तै, निजी क्षेत्रले बनाउने जलविद्युत् लगायतको संरचनाबाट सरकार र स्थानीय जनताले निरन्तर रुपमा लाभ लिनसक्ने किसिमको बनाउन आवश्यक रहेको पनि उनले बताइन् । उनले भनिन्, 'सिंगो देशको विद्युतीकरण गर्ने कुरा लाइटको रुपमा मात्रै नभएर आफ्नै देशको स्रोतबाट उत्पादन भएको उर्जालाई सम्पूर्ण उर्जाको क्षेत्रमा प्रयोग गर्ने र डलर तिरेर आएको पेट्रोलियम पदार्थलाई न्यूनिकरण गर्न सक्नुपर्छ ।'

निजी क्षेत्रले एउटा निश्चित समयसम्म चलाउने सर्तमा निर्माण गर्ने संरचनाबाट सरकार र स्थानीय जनताले दीर्घकालसम्म लाभ लिन सक्ने संरचना बनाउन जोड दिनुपर्ने मन्त्री भुसालको भनाइ थियो । यो क्षेत्र अरु क्षेत्रको लगानीभन्दा सुरक्षित क्षेत्रको लगानी भएको बताउँदै मन्त्री भुसालले छिटो र स्थायित्वका लागि विशेष ध्यान दिनसमेत अनुरोध गरिन् ।

प्रकाशित : श्रावण १, २०७८ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?