कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

माथिल्लो मर्स्याङ्दीको उत्पादन महिना दिनदेखि बन्द

आश गुरुङ

लमजुङ — चिनियाँ लगानीमा निर्मित माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको उत्पादन एक महिनायता बन्द छ । बाढीपहिरोले विद्युत् गृहमा क्षति पुर्‍याएपछि उत्पादन बन्द भएको हो । दैनिक १० लाख युनिट बढी विद्युत् उत्पादन हुने र एक घण्टा मात्रै बन्द हुँदा ५ लाख घाटा पर्ने आयोजनाले जनाएको छ ।

माथिल्लो मर्स्याङ्दीको उत्पादन महिना दिनदेखि बन्द

२४ घण्टा बन्द हुँदा करिब १ करोड २० लाख घाटा पर्छ । ३० दिन घाटा पर्दा करिब ३६ करोड रुपैयाँ घाटा लागेको आयोजनाका दयाराम दाहालले दाबी गरे ।

मर्स्याङ्दीमा बाढी आएपछि आयोजनाको विद्युत् उत्पादन गत जेठ ३१ राति ११ बजेदेखि बन्द छ । आयोजनाको टेलरेसबाट मर्स्याङ्दीको बाढी पसेको दाहालले बताए । बालुवा र ढुंगामाटो थुप्रिँदा टर्बाइन घुमाएर बग्ने पानी निस्कन पाएको छैन । बालुवा झिकेर मर्मत भइरहेको उनको भनाइ छ । आयोजनाको विद्युत् गृहदेखि बिजुलीभार बोकेर

ड्यामसँग लगिएको आन्तरिक ३८ वटा विद्युत् पोलमा बाढीले क्षति पुर्‍याएको छ । यसको पनि मर्मत पनि भइरहेको छ ।

इन्टेकबाट ढुंगा र बालुवा छिर्दा टर्बाइनमा असर परेको आयोजनाका जनसम्पर्क अधिकृत इन्जिनियर कर्ण अधिकारीले जानकारी दिए । आयोजनामा २५/२५ मेगावाटका २ वटा फ्रान्सिस टर्बाइन छन् । ‘टर्बाइन घुमाएर टेलरेसबाट बाहिरिनुपर्ने पानी बाढीले उल्टै टेलरेसतर्फ धकेलेपछि आयोजनालाई असर पर्‍यो,’ उनले भने । तत्काल विद्युत् उत्पादन नहुने उनको भनाइ छ ।

आयोजनाबाट उत्पादित विद्युत् ७० मेगावाटको मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्र हुँदै राष्ट्रिय प्रसारण लाइनमा जोडिन्छ । अहिले मध्यमर्स्याङ्दी जलविद्युत् केन्द्रबाट १३२ केभी प्रसारण लाइन हुँदै विद्युत् प्रसारण हुने गरेकोमा ९ नम्बरको टावर मर्स्याङ्दीको बाढीले बगाएको छ । यो टावर अस्थायी रूपमा निर्माण थालिएको छ ।

प्रकाशित : असार ३०, २०७८ ०७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?