३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बमा सीमित

काठमाडौँ — अघिल्लो दिनको तुलनामा सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंक (११.७८ अंक)ले घटेको छ । यो वृद्धिसँगै समग्र नेप्से परिसूचक २ हजार ८ सय २२.८३ विन्दुमा ओर्लेको छ । अघिल्लो दिनको तुलनामा यो ०.४२ प्रतिशतले कम हो ।

दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकम साढे ४ अर्बमा सीमित

आइतबार करिब साढे ८ अंकले घटेको नेप्सेमा सोमबार पनि सोही प्रवृति दोहोरिएको हो । आइतबार नेप्से ८.४८ अंकले घटेपछि २ हजार ८ सय ३४.५२ विन्दुमा बन्द भएको थियो ।

नेप्से परिसूचकसँगै सोमबार कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ । सो दिन सेयर बजारमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । आइतबार ५ अर्ब ५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको थियो ।

करिब ५३ हजार कारोबारबाट २ सय २४ कम्पनीका १ करोड ६३ हजार ६ सय ३६ कित्ता सेयर किनबेच भए । ती किनबेचबाट करिब साढे ४ अर्ब रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेप्से घटेपछि सेयर बजारको आकार कुल बजार पुँजीकरण पनि खुम्चिएर ३९ खर्ब २२ अर्ब रुपैयाँमा सीमित भएको छ । आइतबार कूल बजार पुँजीकरण ३९ खर्ब ३७ अर्ब रुपैयाँ थियो ।

प्रकाशित : असार २१, २०७८ १५:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?