कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

विद्युतीय कार धमाधम जाँचपास

पर्सा — संघीय सरकारको बजेट भाषणपछि वीरगन्जस्थित सिर्सिया सुक्खा बन्दरगाहमा लामो समयदेखि थन्किएका विद्युतीय कार जाँचपास भई छुटेका छन् ।

विद्युतीय कार धमाधम जाँचपास

बन्दरगाहस्थित भन्सार कार्यालयका सूचना अधिकृत चूडामणि शर्मा कट्टेलका अनुसार बजेट भाषणपछि ६७ थान विद्युतीय कार जाँचपास भई छुटेका छन् । जसमा किया ब्रान्डका ४५ थान र

एमजी ब्रान्डका २२ थान विद्युतीय कार छन् ।बन्दरगाहको यार्डमा अब मुद्दा परेका आधा दर्जन र मुद्दा नपरेका टेस्ला ब्रान्डका २ विद्युतीय कार मात्र जाँचपासका लागि बाँकी रहेको कट्टेलले जानकारी दिए । यी कार करिब ६ महिनादेखि बन्दरगाहको यार्डमा अड्किएका थिए । चर्को अन्तःशुल्क र भन्सार शुल्कको कारण आयातकर्ता आफ्नो कार जाँचपास गर्न अनकनाई रहेका थिए । सरकारले बजेट भाषणमार्फत विद्युतीय कारको भन्सार शुल्क घटाउनुका साथै अन्तःशुल्क मिनाहा गरेपछि आयातकर्ताले धमाधम विद्युतीय कार जाँचपास गराएर लगेका हुन् । बन्दरगाह यार्डमा यसबाहेक करिब डेढ दर्जन पेट्रोलकारसमेत छन् ।


प्रकाशित : असार १५, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?