२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

रेम्डेसिभिर नेपालमै उत्पादन हुने

खुद्रा मूल्य ३५००

काठमाडौँ — कोभिड–१९ संक्रमितका लागि उपयोगी हुने रेम्डेसिभिरको उत्पादन नेपालमै हुने भएको छ । औषधि व्यवस्था विभागले नेपाली औषधि उद्योग ‘नेसनल हेल्थकेयर’लाई उत्पादन अनुमति दिएको छ ।

रेम्डेसिभिर नेपालमै उत्पादन हुने

कम्पनीद्वारा जारी विज्ञप्तिअनुसार गत वैशाख ३१ गते उत्पादन र गत आइतबार बजार इजाजत समेत पाएको जनाएको छ । ‘नेसनल हेल्थकेयरद्वारा उत्पादित रेम्डेसिभिरको ब्रान्ड नेम रेम्सिभि। रहेको र प्रति भायल को अधिकतम खुद्रा मूल्य (एमआरपी) ३५ सय रहेको छ,’

कम्पनीद्वारा जारी विज्ञप्तिमा भनिएको छ । रेम्सिभिर नेपालभरिका आफ्ना वितरकहरूमार्फत उपलब्ध हुने कम्पनीले जनाएको छ । रेम्डेसिभिरलाई अमेरिकाको खाद्य तथा औषधि नियामक निकाय (एफडीए) ले कोराना संक्रमितको उपचारमा आपत्कालीन प्रयोग अनुमति दिइसकेको छ ।


प्रकाशित : असार १५, २०७८ ०७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?