३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

नेप्सेमा १७ अंकको गिरावट, ७ अर्बको सेयर कारोबार

काठमाडौँ — अघिल्लो दिनमा जस्तै बिहीबार पनि सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो दिनको तुलनामा करिब १७ अंकले घटेपछि समग्र नेप्से २ हजार ८ सय ४३ विन्दुमा ओर्लेको छ । बुधबारको तुलनामा यो ०.५९ प्रतिशतले कम हो । बुधबार नेप्से करिब ५१.६५ अंकले घटेको थियो ।

नेप्सेमा १७ अंकको गिरावट, ७ अर्बको सेयर कारोबार

बिहीबार होटल्स तथा टुरिजम बाहेक उपसमूहको परिसूचक घटेपछि समग्र नेप्सेमा दबाब परेको हो । पछिल्ला केही दिनयता नेप्सेमा नेप्से परिसूचक, कारोबार रकम, कारोबार सेयर संख्या सबैमा कमी आएको छ । बिहीबार करिब ७९ हजार कारोबारबाट २ सय १९ कम्पनीका १ करोड ३२ लाख १० हजार कित्ता सेयर किनबेच भए । ती किनबेचमा ७ अर्ब ३ करोड रुपैयाा बराबरको मात्र सेयर कारोबार भएको छ ।

बुधबार करिब ७३ हजार ३ सय कारोबारबाट २ सय १६ कम्पनीका १ करोड ६१ लाख १७ हजार कित्ता सेयर किनबेच भएका थिए । ती किनबेचमा ६ अर्ब ६५ करोड रुपैयाँ बराबरको मात्र सेयर कारोबार भएको थियो ।

प्रकाशित : असार १०, २०७८ १६:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?