१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

इन्धनको मूल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ

काठमाडौँ — अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य बढेको जनाउँदै नेपाल आयल निगमले पनि मूल्य बढाएको छ । निगमले बुधबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ बढाएको हो ।

इन्धनको मूल्य बढ्यो, अब पेट्रोल प्रतिलिटर १ सय २७ रुपैयाँ

निगमका प्रवक्ता विनितमणि उपाध्यायका अनुसार स्वचालित मूल्य प्रणालीअनुसार समायोजनपछि पेट्रोलको नयाँ खुद्रा बिक्री मूल्य १ सय २७ रुपैयाँ, डिजेल र मट्टीतेलको समान १ सय १० रुपैयाँ हुनेछ ।

यस्तै, हवाई इन्धनको पनि मूल्य बढाइएको छ । हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर २ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर २० अमेरिकी डलर वृद्धि गरिएको निगमले जनाएको छ । ‘मूल्य समायोजनपश्चात् हवाई इन्धन आन्तरिकतर्फको खुद्रा बजार मूल्य प्रतिलिटर ८२ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर ७ सय ३५ अमेरिकी डलर कायम गरिएको छ,’ प्रवक्ता उपाध्यायले भने । निगमका अनुसार मूल्य समायोजनपश्चात् पनि निगमलाई १५ दिनमा करिब ६४ करोड रुपैयाँ घाटा छ ।

प्रकाशित : असार ९, २०७८ २१:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?