कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आन्तरिक उडान खुला

अन्तर्राष्ट्रियस्तरमा पनि ९ वटा रुटमा उडान खुला 
सुरज कुँवर

काठमाडौँ — सरकारले आन्तरिक उडान खुला गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुल उडान संख्यामा ५० प्रतिशत नबढ्ने गरी उडान खुला गर्ने निर्णय गरेको हो । आन्तरिक वायुसेवा कम्पनीले सामान्य अवस्थामा हुने उडान संख्याको दाँजोमा आधा उडाउन पाउनेछन् । 

आन्तरिक उडान खुला

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेलले बुधबार मन्त्रालय र सरोकारवालाहरुसँग बैठक गरी आन्तरिक उडान कहिलेदेखि गर्ने भन्ने मिति तय गरिने जानकारी गराए ।

यसैबीच, सरकारले दुबई, दमाम, कुवेत, मस्कट, मलेसिया, कोरिया, जापान, चीनको छेन्दु, ग्वाङ्जाओको उडान खुला गरेको छ । हाल सातामा एक/एक उडान भइरहेको कतारको दोहा, टर्कीको स्तानबुलको उडान भने दोब्बर पारिएको छ । जसअनुसार काठमाडौं-दाहा सातामा ४ उडान हुनेछन् ।




प्रकाशित : असार ८, २०७८ १८:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?